बेनिघाट रोराङले २३ स्कुललाई ३२ वटा कम्प्यूटर दियो

Avatar photo
Dhadingpost
चैत्र ६, २०७६

धादिङ चैत्र ६ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पढाई हुने २३ वटा विद्यालयहरुलाई ३२ वटा कम्प्यूटर प्रदान गरेको छ ।

गाउँपालिका भित्र रहेका २३ वटा आधारभुत विद्यालयहरुका शिक्षक प्रतिनिधिहरुलाई बुधबार गाउँपालिकाले ३२ वटा कम्प्यूटर हस्तान्तरण गरेको हो ।

कक्षा ८ मा कम्यूटर शिक्षालाई अनिवार्य गरेको बेनिघाट रोराङले कक्षा १–८ सञ्चालित ५ वटा विद्यालयहरु कालिका आधारभुत विद्यालय, गोइराङ आधारभुत विद्यालय, बांसखर्क आधारभुत विद्यालयलाई ३३ वटा र वितेस आधारभुत विद्यालयलाई १ वटा कम्प्यूटर प्रदान गरिएको थियो ।

गाउँपालिकाका उपप्रमुख देवि प्रसाद सिलवाल, वडा प्रमुख भुवन त्रिपाठी, प्रशाषकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, योजना शाखा प्रमुख परशुराम घिमिरे, शिक्षा ईकाई अधिकारी बोदराज पाठक लगायतले कम्प्यूटर शिक्षकहरुलाई हस्तान्तरण गरेका थिए ।

यी हुन् कम्यूटर र प्रिन्टर पाउने आधारभुत विद्यालय

x