कोरोना संक्रमण विरुद्ध नेपाली सेना तयारी अवस्थामा

Avatar photo
Dhadingpost
चैत्र ५, २०७६

काठमाडौं चैत्र ५ । नेपाली सेनाले कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमण देखा परे उपचारका लागि आफ्ना चिकित्सकलाई तालिम दिएको छ ।

सेनाले आन्तरिक तयारी स्वरूप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरूलाई तामिल दिएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ६ जना, फिल्ड एम्बुलेन्सका २-२ जना गरी ३६ जना र ओपिडी हेर्ने १० जना चिकित्सकलाई तालिम दिइएको छ ।

सेनाले १ सय ८१ जनालाई तालिम दिइएको छ जसमा ५२ जना मेडिकल टिम र अन्य प्राविधिक टिम छन् । सेनाले मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण गरेको छ भने ९ वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा ६ वटा टेन्ट रहने र एउटामा २ वटा बेड हुनेगरी टेन्ट निर्माण गरेको छ ।
प्रवक्ता पाण्डेका अनुसार वीरेन्द्र अस्पतालमा १० तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा २-२ वटा आइसोलेसन कक्षहरु पनि स्थापना गरिएको छ ।

फिल्ड एम्बुलेन्स १८ वटा स्थापना भएको र अबको २ दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी ५२ वटा आइसोलेन बेडहरु हुने पाण्डेले जानकारी दिए ।

x