एसइईको सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने

Avatar photo
Dhadingpost
चैत्र ३, २०७६

काठमाडौं चैत्र ३ । नेपाल भर एकै साथ चैत्र ६ गतेबाट हन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने भएको छ ।

परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरो लगायत समस्या देखिए छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था गर्न हेल्थ डेक्स राख्न लागिएको हो ।

स्वास्थ्य मन्त्रालयबाट खटिने स्वास्थ्यकर्मीले परीक्षार्थीलाई जाँच गर्दा रुघा, ज्वरो देखिएमा आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । यस वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम भएका छन्  ।

जस अन्तरगत २६ वटा परिक्षा केन्द्र रहेको धादिङबाट ५ हजार ६ सय ५७ र एक्जाम्टेड तर्फ २३ गरी कुल ५ हजार ६ सय ८० जनाले दिने एसइई परिक्षा दिँदै छन् ।

x