कोरोनाले ईटालीमा २४ घण्टामा एक सय ८९ को मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७६

एजेन्सी फागुण ३० । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाईरसले चीन पछि युरोपेली मुलुक ईटलीमा मानविय क्षेति भएको छ ।

ईटलीमा कोरोना नियन्त्रणको अनेकौं प्रयासका बीच पछिल्लो २४ घण्टामा एक सय ८९ जनाको ज्यान गएको छ ।

यो सगैं त्याहाँ मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १५ हजार एक सय १३ पुगेको छ ।

करीब ६ करोड जनतालाई घरैमा बस्न सरकारले भने पनि मानिसको मृत्यु हुने क्रम बढेपछि नागरिकहरुको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो।

सार्वजनिक गरिएको निर्णयमा १९ वटा बुँदा छन् । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छाप छ । फोटो: nytimes

x