तेजाब प्रहार गर्ने श्रीमती पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७६

काठमाडौं फागुन २८ । काठमाडौंको पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेको घटना बाहिरिएको छ ।

प्रहरीका अनुसार दम्पत्तिबीच पटक पटक विवाद हुँदै आएको पाइएको छ । सोेमबार राती घरमा सुतिरहेका बेला २४ वर्षीय रामराजा थापा माथि तेजाब प्रहार भएको देखिएको छ । तेजाव श्रीमती प्रतिमाले प्रहार गरेको थापाले बताएका छन् ।

झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरले बताए ।

घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् ।

उनको मुख र हातमा तेजाब लागेको छ । प्रतिमा श्रीमान भन्दा ३ वर्ष जेठी हुन्, उनी एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक हुन् ।