
धादिङ फागुन २६ । धादिङ गल्छी गाउँपालिकाका लक्ष्मण मल्ल ठकुरीले तेह्रथुममा भएकाे १० किलोमिटरकाे खुल्ला मिनी म्याराथुन दाैड प्रतियाेगितामा प्रथम भएका छन् ।
तेह्रथुम युकेकाे प्रायाेेजन र म्याङलुङ नगरपालिका ६,७ र ८ काे आयाेजनामा भएकाे उक्त प्रतियाेगितामा मल्ले निर्धारित दुरी ३३ मिनेट ०८ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।
नेपालमा सम्पन्न भएकाे १३ औं साग खेलकुद प्रतियाेगितामा ट्रा ईथाेलन अन्तरगत दुवाथाेलनमा रजत पदक जितेका एपीएफमा कार्यरत धादिङका लक्ष्मणले तेह्रथुममा शनिबार सम्पन्न भएकाे खुल्ला १० किलोमिटरकाे दाैड जिते सँगै प्रथम पुरस्कार नगद ३० हजार पाएका छन् ।
साईक्लिङमा पाेख्त लक्ष्मण खुल्ला १० किलाेमिटरकाे म्याङ्लुङकाे दाैडमा भने पहिलाे पटक भाग लिएका थिए । धादिङपाेष्ट सँग कुरा गर्दै उनले भने, दाैड प्रतियाेगितामा म्याङ्लुङकाे दाैडमा पहिलाे अनुभव हाे, प्रथम भएँ झनै उर्जा थपिएकाे छ ।
