
धादिङ फागुन २५ । काठमाडौ स्थित दरवारमार्गमा भएको वीर गणेशमान सिंह एडिडास १०-के रोड रेस प्रतियोगितामा महिला तर्फ धादिङ ज्वालामुखि गाउँपालिकाकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी छिन् ।
सागमा स्वर्ण पदक जित्न सफल सन्तोषीले शनिबार भएको एडिडास रोड रेस प्रतियोगिताको निर्धारित १० किलोमिटर दुरी ३९ मिनेट १०.९८ सेकेण्डमा पुरा गर्दै महिला तर्फ प्रथम बनेकी हुन् ।
महिला तर्फ एपिएफकी बिन्दा श्रेष्ठले ४० मिनेट ११.२९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पारिन् । एपिएफकै फुलमती राना ४० मिनेट ५८.११ सेकेण्ड सहित तेस्रो भइन् ।
बिर्सना कुमाल, रेखा बिष्ट, लेसी, जुनेली सुनार, निर्जला ताम्रकार, रजिना दुलाल र निशा थापा शीर्ष १० मा रहे ।
यस्तै एडिडास रोड रेस च्याम्पियन पुरुष तर्फ विभागीय नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की प्रथम भए उनले निर्धारित दुरी ३२ मिनेट ०१.२ सेकेण्डमा पुरा गरेका थिए ।
एपीएफका खिम बहादुर खत्रीले ३४ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थान हात पार्दा कर्णाली स्पोर्ट्स क्लबका नरेश बुढाले ३४ मिनेट ३५.१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । श्रीकेश राई अभिषेक पाचोक्ति, नन्दनाथ योगी, निर्जेन गुरुङ, शेर थारु, सुनिल बुढाथोकी र पारस शाही शीर्ष १० मा रहे ।

