एड्भान्स एकेडेमीमा तेक्वान्दोको ग्रेडिङ सुरु

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७६

अमृत तामाङ
धादिङ फागुन १२ ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुको तेक्वान्दो खेलमा ग्रेडिङ सुरु भएको छ ।

विगत चार वर्ष देखि विद्यालयको पठ्यपुस्तकमा तेक्वान्दोलाई समावेश गर्दै आईरहेको एड्भान्स एकेडेमीले कक्षा ३, ४ र ५ का विद्यार्थीहरुको पहेंलो र हरियो पेटि प्रदानका लागि ग्रेडिङ सुरु गरेको हो ।

तेक्वान्दो खेलमा १०० जना भन्दा बढी विद्यार्थीलाई ब्लाक बेल्ट प्रदान गरि सकेको यस विद्यालयले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरुलाई अनिवार्य शिक्षाको रुपमा तेक्वान्दो खेललाई समावेस गरेको छ ।

जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा समेत पदक जित्न सफल भैसेको यस विद्यालयका विद्यार्थीहरुको ग्रेडिङ फागुन १५ गते सम्म जारी रहने बताईएको छ ।

विद्यालयका अध्यक्ष बद्रि तिवारी, एसोसिएट प्रिन्सिपल भीमबहादुर श्रेष्ठ र अभिभावकहरुको उपस्थिति सोमबारबाट सुरुभएको ग्रेडिङ राष्ट्रिय तेक्वान्दो संघ नेपालका वागमति प्रदेश उपाध्यक्ष राजुराज पाण्डेले गरि रहेका छन् ।

सम्बन्धित समाचारहरु

एड्भान्स एकेडेमीमा ब्लाक बेल्ट ग्रेडिङ

एड्भान्स एकेडेमी १४ स्वर्ण सहित तेक्वान्दोमा जिल्ला प्रथम

धादिङमा उपराष्ट्रपति चिल्ड्रेन गेमकाे छनाैट

ड्भान्सकी कन्चन लम्सालले धादिङको नाम राखिन्