धादिङबेसीमा स्वर्णिम चित्रकला प्रतियाेगिता सम्पन्न

Avatar photo
Dhadingpost
माघ २९, २०७६

धादिङबेसी माघ २९ । धादिङबेसीमा रहेकाे स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी संस्थाले विध्यालय स्तरीय मेरो बिद्यालय शीर्षकमा स्वर्णिम चित्रकला प्रतियोगिता सम्पन्न गरेकाे छ ।

सहकारीले बुधबार आयाेजना गरेकाे उक्त प्रतियाेगितामा न्यु धादिङ बोर्डिङका छात्रा कृतिका दाहाल प्रथम, रोजमेरी चाइल्ड कियरकी सुमित्रा भट्टराई द्धितीय, धादिङ बोर्डिङकी नन्दिता श्रेष्ठ तृतीय र न्यु धादिङ बोर्डिङका सक्षम शाह सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र , मेडल तथा विजयी विद्यालयहरुलाई कपद्धारा पुरस्कृत गरिएको थियो ।

चित्रकलामा आवस्यक सम्पूर्ण सामग्री तथा शिक्षक तथा बिद्यार्थीलाई खाजाकाे ब्यवस्था सँगै सहभागी सम्पूर्ण बिद्यार्थीहरु बाल सदस्य तथा बिद्यार्थीका अभिभावकहरुलाई सहकारीको रु.१०० बराबरको शेयर निशुल्क प्रदान गरिएको सहकारीका अध्यक्ष अशाेक कुमार बस्नेतले बताए ।

प्रतियाेगितामा नीलकण्ठ नगरपालिका भित्रका २४ वटा विद्यालयका ४७ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

अध्यक्ष अशोक कुमार वस्नेतको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।