धादिङबेसीमा रक्तदान गरि जनयुद्ध दिवस मनाईने

Avatar photo
Dhadingpost
माघ २९, २०७६

धादिङ माघ २९ । धादिङबेसीमा फागुन १ गते रक्तदान कार्यक्रम गरि जनयुद्ध तथा जनआन्दोलन दिवस मनाईने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिकाले मदन आश्रित स्मृति भवनमा बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउन लागेको हो ।

धादिङमा २५ जना भन्दा बढी वेपत्ता र १०८ जना भन्दा बढी सहिद हुने गरि चलेको १० वर्षे जनयुद्धको सम्झनामा जनयुद्ध दिवस मनाईदै आएको छ ।

धादिङमा जनयुद्ध सुरु गर्ने नेताहरु (खोज रिपोर्ट)

धादिङमा जनयुद्ध समयमा के के घटना घटे सम्पूर्ण जानकारी