मार्पाकमा एम्बुलेन्स संचालन

Avatar photo
Dhadingpost
माघ २३, २०७६

धादिङ माघ २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका १ स्थित मार्पाकमा गत मंगलबार देखि एम्बुलेन्स सेवा सुरु भएको छ ।

भारतीय राजदुतावास मार्फत उपलब्ध उक्त एम्बुलेन्सले उप स्वास्थ्य चौकी मार्पाकबाट सेवा दिन सुरु गरेको हो ।

मार्पाक सामुदायिक क्लबको सकृयतामा ७ बर्ष अगाडि देखि एम्बुलेन्स संचालन गर्ने लक्ष्य राखेर विविध अभियानहरु संचालन गरे सँगै भारतिय दुतावासले एम्बुलेन्स उपलब्ध गराएको क्बलका निवर्तमान महासचिव काजीराम अधिकारीले बताए ।

वागमती प्रदेशका सामाजिक विकाश मन्त्री युबराज दुलालले माघ १ गते नै एक विशेष समारोहको बीच उक्त एम्बुलेन्स उद्घाटन गरे पनि कागजी प्रकृया समेत पूरा गरी संचालन भने मंगलबार देखि मात्र भएको हो ।