धुवाँकोटमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी

Avatar photo
Dhadingpost
माघ २१, २०७६

धादिङ माघ २१ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता जारी छ ।

सोनाम ल्होछारको अवसरमा विद्यार्थी उपकार संघ धुवाँकोटले माघ १७ गते देखि सुरु गरेको यस प्रतियोगितामा २१ टिम सहभागि मध्य ८ टिम बाहेक अन्य टिम आउट भैसकेका छन् ।

विद्यार्थी उपकार संघका उपाध्यक्ष सुरेश तामाङका अनुसार मंगलबार भएको प्री क्वाटर फाईनल अन्तरगतको पहिलो खेलमा धादिङबेसी स्थित बाईज युनाईटेड युवा क्लवले नुवाकोटको प्रगतिशिल युवा क्लवलाई हराएको छ ।

बाईज युनाईटेडको ३ गोलको सामना गरेको प्रगतिशिल युवा क्लवले एक गोल समेत गर्न नसक्दा प्रतियोगिताबाटै बाहिरिएको थियो ।

यस प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १५ हजार रहेको छ, भने द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरस्कार पाउने छन् ।

बुधबार हुने खेल तालिका

 मेन्दोफोले युवा समाज काउले VS सूर्योदय युवा क्लव धुवाँकोट
 जनआवाज युवा क्लव  VS रोमान्टिक युवा क्लव रातमाटे
 सयपत्री युवा क्लव नुवाकोट  VS विद्यार्थी उपकार संघ धुँवाकोट A

खेल तालिका