एड्भान्स एकेडेमीको खेलकुद उत्सव उद्घाटन (फोटो फिचर)

Avatar photo
Dhadingpost
माघ १६, २०७६

धादिङ माघ १६ । धादिङबेंसी स्थित एड्भान्स एकेडेमीको १४ औं बृहत् खेलकुद उत्सव-२०७६ को उद्घाटन समारोह सम्पन्न भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खेलकुद उत्सव समारोह श्रीपञ्चमी तथा राष्ट्रिय सहिद दिवसको अवसरमा भव्यताका साथ सम्पन्न भएको हो ।

बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहको शुरुवातमा विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

त्यस लगत्तै विद्यालयमा रहेका रातो, नीलो, हरियो र पहेंलो गरी चारवटा सदनहरूले छुट्टाछुट्टै प्रतियोगितात्मक ड्रिल प्रस्तुत गरेका थिए ।

उद्घाटन समारोहमा कक्षा एक र दुईका सम्पुर्ण विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने कक्षा तीन देखि दशसम्मका विद्यार्थीहरूले तेक्वान्दो खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशका सदस्य सचिव भण्डारीले एड्भान्स एकेडेमीले खेलकुदलाई महत्व दिएर बृहत खेल उत्सव आयोजना गरेकोमा खुसी लागेको र उक्त कार्यक्रमबाट जिल्लाका अरू विद्यालयहरूले पनि सिक्नुपर्ने बताएका थिए ।

बृहत् खेल उत्सव २०७६ अवधी भर सदनगत तथा कक्षागत रुपमा भलिबल, कपर्दी, फुटबल, बास्केट्बल, एथ्लिष्टिक, तान डोरि, टेवल टेनिस लगायत ५५ भन्दा बढि खेलहरू सञ्चालन हुने एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।

एडभान्स एकेडेमीले स्थापनाकाल देखि नै विद्यार्थीहरूको चौतर्फी विकासका लागि पढाइ लेखाइ सँगै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिदै खेलकुद कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै अगाडी बढेको प्रिन्सिपल श्रेष्ठले बताएका थिए ।

प्ले ग्रुप देखि कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीहरुको प्रस्तुती सँगै सुरु भएको उत्सवको उद्घाटन खेल कार्यक्रमका विशेष अतिथी देवदत्त गण धादिङका प्रमुख सेनानी सुदिप बानियाँले भलिबल बल सर्भिस गर्दै उद्घाटन गरेका थिए ।

उक्त भलिबल प्रतियोगितामा कक्षा ११-१२ कानुन विषयको समुहले व्यवस्थापन विषयको समूहलाई २-१ ले पराजित गरेको थियो ।

एड्भान्स एकेडेमी सन्चालक समितीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालिको सभापतित्वमा सन्चालित उदघाटन कार्यक्रममा शिक्षा विकास तथा समन्व इकाई प्रमुख अम्बिका प्रसाद आचर्य, सह सेनानी मुक्तिनाथ भण्डारी, प्याब्सन धादिङ सस्थापक अध्यक्ष शान्त बिक्रम बानिया, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङ, खेलकुद कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।