
धादिङ माघ १६ । धादिङको गंगाजमुना गाउँपालिकाले आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय राष्ट्रपाति रनिङ शिल्ड फुलखर्क स्थित मण्डली माविले जितेको छ ।
प्रतियोगितामा मण्डली माविले १७ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल २४ पद सहित प्रथम बनेको थियो भने रीगाउँ मावि ३ स्वर्ण, ३ रजत र ४ कास्य सहित १० पदकका साथ दोस्रो भयो ।
यस्तै तामाङखर्क मावि गुम्दी २ स्वर्ण, ५ रजत र ७ कास्य गरी कुल १७ पदकका साथ तेस्रो स्थान सुरक्षित गर्न सफल भएको थियो ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एकल खेलहरुमा स्वर्ण पदक ल्याएका खेलाडी सिधैं जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट हुनेछन् भने समुहगत खेलहरुबाट भने खेल प्रशिक्षकले जिल्ला स्तरीय प्रतियोगिताको लागि खेलाडी छनौट गरि पठाउने छन् ।

