
धादिङ माघ १३ । धादिङको फुलखर्कमा रहेको मण्डली माध्यामिक विद्यालयमा गंगाजमुना गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गंगाजमुना गाउँपालिका भित्र रहेका आठ वटा विद्यालयले सहभागिता जनाउने यस प्रतियागिता सोमबार एक औपचारक कार्यक्रमका बीच सुरु गरिएको हो ।
प्रतियोगिताको संघीय सांसद खेम प्रसाद लोहनीले भलिवल खेलेर उद्घाटन गरेका थिए ।
यस प्रतियोगितामा भलिबल, एथ्लेटीक्स तर्फ, हाइजम्प, लङजम्प, ट्रिपलजम्प,सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र एक सय मिटर रिले दौड लगाएतका खेलहरु सञ्चालन हुनेछ ।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष बल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, बिभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको मण्डली माविका शिक्षक पारस अधिकारीले जानकारी दिए ।

