
धादिङ माघ ११ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित पात्लेमा सोनाम ल्होछारको अवसरमा छैठौ मान बहादुर कप फुटबल प्रतियोगिता माघ १७ गते देखि हुने भएको छ ।
विद्यार्थी उपकार संघ धुवाँकोटले आयोजना गर्न लागेको यस छैठौ मान बहादुर कप फुटबल प्रतियोगितको प्रथम पुरस्कार १ लाख १५ हजार राशी रहेको छ ।
यस प्रतियोगितामा द्वितिय हुने टिमले ५५ हजार ५५५, सान्तोना हुने टिमले १५ हजार पुरसकार प्रदान गरिने संघका उपाध्यक्ष सुरेश तामाङले बताए ।
प्रतियोगिता उद्घाटनको दिन माघ १७ गते सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम हुने बताईएको छ । फाईल फोटो

