
प्रेम तामाङ
धादिङ माघ ११ । धादिङको खनियाबास गाउँपालिका स्थित दार्खामा हत्या गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खनियाबास ४ का सचिव स. सन्तबहादुर तामाङको शवको शुक्रबार अन्त्यष्टि गरिएको छ ।
अन्त्यष्टि पुर्व गरिएको श्रद्धान्जली सभामा प्रदेश सांसद जगत सिंखडाले हत्याराहरु दुई जना पक्राउ भई कानुनी प्रक्रियामा गईसकेको बताएका थिए ।
स्वर्गिय सन्तबहादुर तामाङ स्मरण गर्दै सांसद सिंखडाले भने उहाँ सालिन भद्र मात्र हैन खनियाबासको नेता हुनुहुन्थ्यो । योजनागत रुपमा मारिएको हो, राजनीतिक आडमा योजना बनाउँदै गरिएको गरिएको यस घटनामा संलग्न अन्यलाई पनि कानुनी दायरामा ल्याएरै छाडीने बताएका थिए ।
दार्खामा पटक पटक भैरहेको यस्ता घटना न्यूनिकरण गर्न स्थानीय सरकार चुकेको बताउँदै अब दार्खामा विशेष योजना बनाई राजनीतिक आडमा संरक्षित अपराधीहरुलाई एक एक खोजिने समेत सांसद सिंखडाले बताएका थिए ।
सन्त बहादुर तामाङ हत्या र रविन तामाङ, फत्त बहादुर गुरुङ र पूर्ण बहादुर घले घाईते हुने गरि भएको दार्खा घटनामा संलग्न नेत्रावती डब्जोङ गाउँ पालिका १ मार्पाकका राम बहादुर तामाङ र रोशन तामाङ पक्राउ परि सकेका छन् भने अनुशन्धानका लागि दार्खाका अशोक तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

