सांसद अधिकारीद्वारा, शोक वक्तव्य

Avatar photo
Dhadingpost
माघ ९, २०७६

धादिङ माघ ९ । ज्वालामुखी गाउँपालिका ढोला स्थित मन्डली दर्शन गरी फर्कंदै गरेको आईचर ट्रक दुर्घटना नीलकण्ठ नगरपालिका ८ को भुल्भुले गाउँ यतिबेला शोकमा डुबेको छ ।

सात जनाको ज्यान जाने गरि भएको उक्त दुखद दुर्घटनामा ज्यान गुमाउनेहरुलाई श्रद्धान्जली र घाईतेहरुको शिघ्र स्वाथ्यलाभको कामना गर्दै प्रदेश सांसद डा. रामकुमार अधिकारीले शोक वक्तव्य निकालेका छन् ।

उक्त शोक वक्तव्यमा सांसद अधिकारीले भनेका छन्, मृत आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली एवम् शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथै घाईते ३७ जना सबैको उपचारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

वक्तव्य जस्ताको तस्तै