विकासका लागि स्रोत मात्र हैन, सोच मुख्य कुरा -डल्लाकोटी

Avatar photo
Dhadingpost
माघ ८, २०७६

धादिङ माघ ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले विकासका लागि स्रोत मात्र हैन, सकारात्मक सोच मुख्य कुरा भएको बताएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाको शिक्षा समितिले आयोजना गरेको बृहत खेलकुद प्रतियोगिताको शिल्ड तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख डल्लाकोटीले विकासका लागि सबैले सकारात्मक सोच बनाऔं, स्रोतहरुले पिछा गरि रहेको बताएका थिए ।

शिक्षामा आमुल परिवर्तन गर्ने योजना अनुरुप गाउँपालिका लागेको छ, शैक्षिक सरोकारवालहरुले सकारात्मक सोच राख्नु पर्यो, ११४ रोपनी जग्गा गाउँपालिकाले खरीद गरि कृषि तालिम केन्द्र बन्दैछ, वर्षादमा समेत गाडी चल्ने गरि ग्रमिण सडक स्तर उन्नती भैरहेको छ, सबै वडाहरुमा विद्युतीकरणको अन्तिम अवस्थामा छन् ।

पर्यटन र औद्योगिक क्षेत्रको रुपमा बेनिघाट रोराङ स्थापित हुँदैछ, १६ करोडको डिपिआर बनि सकेको क्रिकेट मैदान, ३० करोड भन्दा बढी लागत रहने सहिद स्मृति पार्क, स्वरोजगारका कार्यक्रम लगायतका धेरै कामहरु अगाडी बढी सकेका छन् । सबैले सकारात्मक सोच बनाऔं बेनिघाट रोराङ उत्कृष्ट गाउँपालिकाको रुपमा चिनिन धेरै समय नलाग्ने समेत उनले बताएका थिए ।

बेनिघाट रोराङका कर्मचारीले दैनिक १४ घण्टा काम गर्दछन् जनप्रतिनीधिहरु समेत पसिना निकालेर काम गरि रहेका छन् अब परिणाम आउन धेरै कुर्न नपर्ने समेत प्रमुख डल्लाकोटीले बताएका थिए ।

पुस २९ गते देखि चन्द्रोदय माविको खेल मैदनामा भएको पहिलो चरण अन्तरगत राष्ट्रपति रनिङ शिल्ड र सहिद स्मृति रनिङ शिल्ड, दोस्रो चरण अन्तरगत हर्षबहादुर स्मृति कप र तेस्रो चरणमा मदन भण्डारी कप प्रतियोगिता भएको थियो ।

मंगलबार सम्पूर्ण खेलहरु सकिए पनि बुधबार एक विशेष समारोहका बीच विजयी खेलाडी तथा विद्यालयलाई सम्मान गरिएको थियो ।

खेलको नतिजा

१. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा मजदुर सहिद स्मृति रनिङ शिल्ड
प्रथम: चन्द्रोदय माध्यामिक विद्यालय
द्वितिय: हर्कपुर माध्यामिक विद्यालय
तृतिय: वागेश्वरी माध्यामिक विद्यालय

२. हर्षबहादुर स्मृति कप टी २० क्रिकेट प्रतियोगिता
प्रथम: ब्राईट फ्यूचर बोर्डिङ
द्वितिय: वागेश्वरी माध्यामिक विद्यालय
तृतिय: शंखादेवि माध्यामिक विद्यालय

३. मदन भण्डारी कप फुटबल प्रतियोगिता
प्रथम: बागेश्वरी माध्यामिक विद्यालय
द्वितिय: पिपल भञ्ज्याङ माध्यामिक विद्यालय
तृतिय: चन्द्रोदय माध्यामिक विद्यालय विशालटार

शिक्षा तथा सामाजिक विकास समितिका संयोजक भुवन त्रिपाठीको सभापतित्व र शिक्षा अधिकारी बोधराज पाठकका संचालनमा भएको उक्त पुरस्कार वितरण समारोहमा गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवाल, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बीका प्रसाद आचार्य, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

यस अघिका समाचारहरु

मदन भण्डारी कपको उपाधी बागेश्वरी माविले जित्यो

बेनिघाट रोराङमा भएको टी-२० क्रिकेटको उपाधी ब्राईट फ्यूचरलाई

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी चन्द्रोदय मावि विशालटारलाई