प्राविधिक शिक्षा मुलुकको अवश्यकता -सांसद त्रिपाठी

Avatar photo
Dhadingpost
पुस २८, २०७६

धादिङ पुस २८ । धादिङका संघीय सांसद भुमि त्रिपाठीले प्राविधिक शिक्षा मुलुकको अवश्यकता भएको बताएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका अन्तरगत मलेखुमा रहेको बागेश्वरी माध्यामिक विद्यालयको ६० औं वार्षिक उत्सवमा बोल्दै सांसद त्रिपाठीले दक्ष जनशक्ति प्रविधिक शिक्षाले मात्र उत्पादन गर्न सक्ने बताउँदै हरेक विद्यालयले प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताएका हुन् ।

आफुले पढेको विद्यालयमा प्रमुख अतिथि बनेर वार्षिक उत्सव उद्घाटन गर्न पुगेका सांसद त्रिपाठीले शैक्षिक सुधारका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा विशेष अतिथि एवम् राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले आफुले पढेको बागेश्वरीमावि, सरकारी विद्यालय मध्य जिल्ला कै उत्कृष्ट विद्यालय मध्य पर्ने दावी गर्दै थप सुधारका लागि सहयोग गर्ने बताएका थिए ।

बेनिघाट रोराङको पुरानो माध्यामिक विद्यालयमा सूचिकसत वागेश्वरीको वार्षिक उत्सव समारोहका अर्का विशेष अतिथि पालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले शैक्षिक सुधारका लागि विद्यार्थीका अभिभावक देखि विव्यस र विद्यालयका शिक्षकहरु थप जिम्मेवार बन्न आग्रह गरेका थिए । नीतिगत देखि भौतिक आर्थिक रुपमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने बताउँदै प्रमुख डल्लाकोटीले शिक्षण विधिलाई उत्कृष्ट बनाउन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उप प्रमुख देविप्रसाद सिलवाल, वडा अध्यक्ष भुवन त्रिपाठी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।