
धादिङ पुस २७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट बजारमा असाह्य गरिवहरुका लागि नि:शुल्क कपडा वितरण घर संचालनमा आएकाे छ ।
बेनिघाट बजारका स्थानिय युवाहरुको अगुवाईमा बनेकाे नि:शुल्क कपडा घर आईतबार गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकाेटी (हरि) ले उद्घाटन गरे सँग संचालनमा आएकाे हाे ।
बेनिघाटका स्थानिय युवाहरुद्वारा उदाहरणीय र स्वागत याेग्य कामकाे सुरुवात भएकाे पालिका प्रमुख डललाकाेटीले बताएका थिए ।

हुनेहरुबाट सहयोग लिएर, नहुने गरिवहरुलाई वितरण गर्ने, योजना अनुरुप नि:शुल्क कपडा घर संचालनमा ल्याईएकाे दिपेश कडेलले धादिङपाेष्टलाई बताए ।
कपडा घर उद्घाटन गरेकै दिन ३२ जनाले नि:शुल्क कपडा लगेकाे समेत कडेलले बताए ।

