
विकास भण्डारी
धादिङ पुस २५ । धादिङको थाँक्रे गाउँपालिका हाप्सेचौरबाट गाजाँ सहित अजित मगर पक्राउ परेका छन् ।
पालुङबाट काठमाण्डौ आउँदै गरेको ना ४ ख ६०९१ को बसमा यात्रा गरि रहेका मगरलाई १ केजी ७ सय ९५ ग्राम गाँजा सहित हाप्सेचौर प्रहरी पोष्टबाट खटिएका प्रहरीेले शुक्रबार पक्राउ गरेको हो ।
मगरलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय खानिखोला पठाईएको हाप्सेचौरको ईन्चार्ज प्रहरी पोष्ट बालराज गिरीले बताए ।
