बहु विवाह मुद्दाका फरार सोमलाल तामाङ पक्राउ

Avatar photo
Dhadingpost
पुस २५, २०७६

धादिङ पुस २५ । जिल्ला प्रहरी कार्यालय धादिङको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बहु विवाह मुद्दाका फरार सोमलाल तामाङ पक्राउ परेका छन् ।

जिल्ला अदालत धादिङले बहु विवाह मुद्धामा ०७५ असोज ४ गते दोसी ठहर भएका थाक्रे गाउँपालिका ५ तर्सपु का २६ बर्षिय तामाङलाई विहिबार प्रहरीले पक्राउ गरेको हो ।

तामाङलाई अदालतले १ वर्ष कैद र ५ हजार जरिवाना तोके सँगै उनी फरार रहेकोले पक्राउ गरी कानुनी दायरामा ल्याई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।