
धादिङ पुस १८ । विप्लव नेतृत्वको नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङ रिहा भए लग्गतै नेकपा परित्याग गरेको घोषणा गरेका छन् ।
धादिङका विभिन्न टाउँहरुमा भएको हिंसात्मक घटनामा संलग्न भएको आसङ्कामा पक्राउ परेका नेकपा धादिङका सेक्रेटरी गुरुङ अदालतले तोकेको ६ लाख धरौटी तिरेर बिहिबार रिहा भए लग्गतै नेकपा परित्याग गरेको घोषणा गरेका हुन् ।
गत भाद्र ३१ गते नागढुङ्गा पिपलामोडबाट मोटर साइकल सहित पक्राउ परेका गुरुङले अदालतले धरौटीमा रिहा गर्ने आदेश गरे पनि पुुन पुन पक्राउ पर्ने डरले धरौटी नबुझाई कारागार बस्दै आएका थिए ।

