
काठमाडौं पुस ८ । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रसँग भएको संविधान संसोधन गर्ने सहमति कार्यान्वयन नभएकोले आफुले राजिनामा दिएको मन्त्री यादले बताएका छन् ।
सोमबार मन्त्रिपरिषदको बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन । संसोधन प्रस्ताव पेस हुन नपाएपछि यादवले राजीनामा बुझाएका हुन् ।


