काठमाडौं मंसिर १३ । आठ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन् ।
नेपाल एयरलायन्सको विमान मार्फत हङकङबाट नेपाल आएका उनीहरु बिहीबार राति ११ः४० बजे विमानस्थलबाट पक्राउ परेका हुन् ।
दुवैजनाले चेन लगाउन मिल्ने अण्डरवेयरमा चाररचार वटा सुनको बिस्कुट लुकाएर ल्याएका थिए । पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन होङयाङ र चेन क्वीनहाङ रहेका छन् । उनीहरुले नेपालमा कसका लागि सुन ल्याउँदै थिए भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


