विप्लव नेकपाको केन्द्रिय सदस्य सहित १६ जना गिरफ्तार

Avatar photo
Dhadingpost
कार्तिक २३, २०७६

काठमाडौं कार्तिक २३ । नेत्र विक्रम चन्द्रको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणि ओलीसहित १६ जना गिरफ्तारीमा परेका छन् ।

बाजुराको गौमुल गाउँपालिकाबाट इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले ओलीसहित १६ जना गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली बाजुरा त्रिवेणी नगरपालिका-२ छतारा बस्ने डम्मबर सुनार, अछामको ढकारी गाउँपालिका-२ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका-१ का दिपक प्रकाश सुनार रहेका छन् ।

यस्तै बाजुराको हिमाली गाउँपालिका-१ का अमलाल थापा, सोही ठाउँका धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका-८ का उदय कसेरा पक्राउ परेका हुन् ।

अछामको ढकारी गाउँपालिका-२ का राजेशकुमार शाही, सोही गाउँपालिका-७ बस्ने डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका-८ बस्ने कृष्ण बिक, बाजुरा हिमाली गाउँपालिका-१ बस्ने धरमसिंह बोहरा, स्वामी कार्तिक गाउँपालिका-१ बस्ने कुस्मा बिक, सोही गाउँपालिका-१ बस्ने अस्मिता बिक सोही ठाउँ बस्ने सुस्मिता बिक, ढकारी गाउँपालिका-२ बस्ने कमला बिक र अछाम मष्टा गाउँपालिका-१ बस्ने १९ की सृष्टी सिंह गरी १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।