सागका लागि बक्सिङ संघकाे वैठक

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७६

धादिङ कार्तिक १४ । नेपाल बक्सिङ संघले आउँदाे मंसिर महिनामा हुने साग खेलुकुदलाई लक्षित गरि कार्य समितिकाे पुर्ण वैठक सम्पन्न गरेकाे छ ।

नेपाल बक्सिङ संघ धादिङका अध्यक्ष एवम् केन्द्रीय सदस्य रमेश अधिकारिका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि तयार रहन वैठक सम्पन्न गरेकाे हाे ।

सागमा नेपालबाट बक्सिङकाे लागि खेलाडी छनाैट र याेजना कार्यान्वयनका लागि संघका अध्यक्ष श्यामकाजी अवालेकाे अध्यक्षतामा वैठक गरिएकाे बताईएकाे थियाे ।

सागका लागि विभिन्न संघ,आर्मी, पुलिस, सशस्त्रबाट छनाैट भएर आएका खेलाडीहरूलाई पाेखरामा बन्द प्रशिक्षणमा राखिएकाे भएपनि खेलाडी छनाैट भने गरिएकाे छैन ।