
धादिङ, कात्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी ३ नम्बर प्रदेश सचिवालय सदस्य एवम् धादिङका पुर्व संसद गुरु बुर्लाकाेटीले दुई ठुला कम्युनिष्ट मिलेर बनेकाे नेकपालाई कार्यकर्ताकाे उत्साह अनुरुप चलाउनु पर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ ७ ले दिपावली, नेपाल सम्वत् र छठ पर्वकाे अवसरमा आयाेजना गरेकाे चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बुर्लाकाेटीले कार्यकर्ताहरु गुट चाहँदैनन् तर केही नेताहरु तल्लाे तह सम्म गुट जवरस्ती लैजान चाहेकाे बताउँदै गुटले हैन कार्यकर्ताकाे उत्साह अनुरुप पार्टी चलाउनु पर्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बिदुर कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटिका अध्यक्ष दिपक विश्वकर्मा,जिल्ला कमिटि सदस्य गंगा श्रेष्ठ लगायतको आतिथ्यता रहेकाे थियाे । (फाेटाे फाईल)

