
धादिङ कार्तिक ७ । मदन भण्डारी स्पोटस् एकेडेमी धादिङ र जापान गोजु-रियो कराँते डो केन्वाकाई नेपाल धादिङको संयुक्त आयोजनामा प्रदेस नं ३ स्तरिय प्रथम कराँते डेमोस्टेसन धादिङको आदमघाटमा सम्पन्न भएको छ ।
जोखिम खेलका रुपमा चिनिने कराँते डेमोस्टेसनमा धादिङका प्रशिक्षक दिपक रानाले टाउको र शरीरका विभिन्न भागमा हिर्काएर टायल फुटाएका थिए ।
चितवन जिल्लाका प्रमुख खेल प्रशिक्षक राजु पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै छातीबाट बुलेट बाई गुडाएका थिए, भने २० केजीको ढुङ्गा छाती माथी राखेर घनले हान्न लगाई फुटाउन दिएका थिए ।

त्यस्तै प्रदेश ३ का जिल्लाहरुबाट आएका अन्य कराँते खेलाडीहरुले टायल फुटाउने, घैटो फुटाउने, लगाएतका खेलहरुको डेमोस्टेसन गरेका थिए ।
मदन भण्डारी स्पोटस् एकेडेमी धादिङ र जापान गोजु-रियो कराँते डो केन्वाकाई नेपाल धादिङका सल्लाहकार दिपक खतिवडाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि एवम् गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

मदन भण्डारी स्पोटस् एकेडेमी धादिङ अध्यक्ष एवम् कार्यक्रम संचालन रमेश अधिकारीले कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख बस्नेतले खेलकुद विकासमा ध्यान नदिएको आक्रोस पोखेका थिए । धादिङ कै इतिहास रचि गजुरीका खेलाडीहरु राष्ट्रिय खेलाडी बनी सके, तर खेलकुद कार्यक्रम संचालनको लागि प्रपोजल लैजादा ५-७ हजार लैजानुन भनेर तुच्छ व्यवहार गाउँपालिका प्रमुखबाट हुने गरेको कार्यक्रमै खुलासका गरेका थिए । यसरी खेलको विकास कसरी हुन्छ ? खेलाडी उत्पादन कसरी होला ? खाई नखाई, तालिम नलिई, खेलाडीले कहिले सम्म खेल्ने ? खेलकुद विकासलाई पालिकाले मुख्य सुचाङ्कमा राख्नु पर्दैन ? अध्यक्ष अधिकारीले पालिका प्रमुखलाई प्रश्नै प्रश्न राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाई खेलाडीहरुले पररर तालि पिट्ने गरि अध्यक्ष अधिकारीले पालिका अध्यक्ष बस्नेतको कटाक्ष गरे पछि पालिका अध्यक्षले आफ्नो मन्तव्यमा प्रदेशले १ करोड र गजुरी गाउँपालिकाले १ करोड गरी खेलकुदलाई २ करोड विनियोजन गरेको बताएका थिए । उक्त रकमा खेल मैदान र कवर्डहल बनाउन खर्च गरिएकोले खेल संचालनमा आर्थिक सहयोग गर्न अफ्ठ्यरो परेको बताएका थिए ।
आर्थिक अभावका बीचमा पनि प्रदेश ३ स्तरीय प्रथम कराँते डेमोस्टेसन कार्यक्रम गरिएको र प्रदेशका अधिकाँश जिल्लाबाट खेल प्रशिक्षक र खेलाडीहरुको उल्लेख्य उपस्थितिले कार्यक्रम गर्न थप हौसला मिलेको सभापति खतिवडाले बताएका थिए ।

प्रदेश ३ स्तरीय छात्रा फुटबल प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियोगितामाको लागि छनौट भएका गजुरी स्थित आदर्श माविका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा जापान गोजु-रियो कराँते डो केन्वाकाई नेपालका अध्यक्ष विदुर कुँवर, नेकपा गजुरीका अध्यक्ष सुर्य तामाङ, गजुरीका प्रशासकिय अधिकृत युवराज अर्याल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ, वडा प्रमुख अर्जुनकुमार भुजेल, जाउलाखेल युवा क्लवका अध्यक्ष महेन्द्र क्षेत्री,जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापा, जिल्ला अध्यक्ष एवम् जिल्ला प्रशिक्षकहरुको आतिथ्यता रहेको थियो ।



