दुर्गेश थापाको ‘ह्याप्पी तिहार, चिसो बियर’ विवादमा

Avatar photo
Dhadingpost
कार्तिक ५, २०७६

काठमाडौं कार्तिक ५ । नेपालका लोकप्रिय गायकहरु मध्य पर्ने दुर्गेश थापाले पछिल्लो समय ल्याएका गीतको विरुद्ध उजुरी परेको छ ।

थापाले ल्याएको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको तिहारको गीतलाई लिएर उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो ।

उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो । सोही विषयमा बुझ्न थापालाई बोलाइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।