
काठमाडौं कार्तिक ५ । नेपार सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आठौँ पूर्ण बैठक सम्पन्न गरेको छ ।
देशभर नेता तथा कार्यकर्ता पक्राउ पर्दा कार्यकर्ता क्षेतिमा रुमलिएको नेकपाको पूर्ण बैठक पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकले महासचिव विप्लवद्वारा प्रस्तुत ‘आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ’ शीर्षक प्रतिवेदन पारित गरेको बैठकमा सहभागि एक पोलिटब्यूरो सदस्यले बताए ।
बैठकले आउँदो मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव मनाउने साथै माओ दिवस पनि देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ ।
बैठक पछि विप्लवले जारी गरेको विज्ञप्ती यस्तो छ ।


