
अमृत तामाङ
धादिङ असोज २३ । नेपाली राष्ट्रिय फुटबल टोली आज बलियो प्रतिस्पर्धी टोली अष्ट्रेलिया सँग खेल्दै छ ।
नेपाली फुटबलको इतिहासमा फुटबलमा राम्रो टिम रहेको अष्ट्रेलिया सगँ नेपाली समय अनुसार आज दिउँसो २ः४५ बजे भिड्न लागेको हो ।
नेपाललाई ७–० ले हराउने कुबेतलाई ३–० ले हराएको अष्ट्रेलिया सँगको खेल नेपालको लागि अवसरको रुपमा हेरिएको छ ।
अष्ट्रेलिया टोलीका अधिकांश सदस्य युरोपमा व्यवसायिक फुटबल खेल्छन् । यता नेपाली टोलीका ३ खेलाडी गोलकिपर एवंम कप्तान किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तिमगरसँग मात्र विदेशी क्लबमा खेलेको अनुभव छ ।
नेपालले फुटबलमा सबै खाले नतिजाको आत्मसात गरिसकेको छ । सन् २००३ मा दक्षिण कोरियासँग १६–० को अहिले सम्मकै ठूलो हार बेहोरेको इतिहास छ । अर्को सन् २०११ मा विश्व कप छनोटमै जोर्डनसँग ९–० को हार बेहोरेको ५ दिन पछि त्यहि टोलीसँग १–१ को बराबरी खेलेको पनि इतिहास छ ।
आशा गरौं नेपालका खेलाडीहरुले खेलका लागि अष्ट्रेलियामै पुगेर एक साता लामो बन्द प्रशिक्षण लिएकोले जित नेपाल कै पक्षमा रहोस् ।
