धादिङ समाज कोरियाद्वारा एम्बुलेन्स हस्तान्तरण

Avatar photo
Dhadingpost
अशोज १८, २०७६

धादिङ असोज १८ । धादिङ समाज कोरियाले गंगाजमुना गाउँपालिका गंगाजमुना गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

उक्त एम्बुलेन्स गंगाजमुना गाउँपालिकाको संरक्षकत्वमा गुम्दी कल्याणकारि समाजले समन्वय गरी गुम्दी स्वास्थ्य चौकि द्वारा संचालन हुनेछ ।

एम्बुलेन्स दशैँ तिहार विशेष कार्यक्रमको अवसरमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यमा बिहिबार स्वास्थ्य चौकिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गत बर्षको कोरियन चाड छुसकमा दक्षिण कोरियामा धादिङ समाज र काभ्रे सम्पर्क समिती द कोरियाले दुबै जिल्लाको बिकट ग्रामिण क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्य स्वरुप रिदम लाईभ कन्सर्ट सङ्गीतिक धमाका कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमबाट सोचे जस्तो नाफा गर्न नसकिएता पनि ब्यक्तिगत सहयोग भने राम्रो जुटेको कारण सोमा केहि अपुग संस्थाको कोष बाट पुर्ती गरी आफ्नो उदेश्य पुरा गरिएको कुरा धादिंग समाज कोरियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष अधिकारीले धादिङपोष्टलाई बताए ।

उक्त कार्यक्रममा धादिंग समाज कोरियाका बिभिन्न पदाधिकारीहरु, धादिंग समाज कोरियामा अबद्व सदस्यहरुको परिवार लगायत स्थानिय, समाजसेवी तथा बौद्विक ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

एम्बुलेन्स संचालनको लागि गंगाजमुना गाउँपालिका वाडा नम्बर ४ साबिक गुम्दी गाबिस का वाडा अध्यक्षको अध्यक्षतामा गाउँपालिकाको सबै वाडा अध्यक्षहरु र स्थानिय बुद्धि जिबि तथा समाजसेवीहरुलाई समेटेर एम्बुलेन्स संचालन समिती निर्माण पनि गरिएको छ ।

समाजले केहि पहिले सदरमुकाम धादिंग बेसीमा १७ लाख रुपैयाँ लगानीमा नेपालमै नमुना आधुनिक अपागं मैत्रि सार्बजानिक शौचालय निर्माण पनि गरेको थियो ।