गजुरीको घाटबेसीमा आज राष्ट्रिय कलाकारको प्रस्तुती रहने

Avatar photo
Dhadingpost
अशोज १७, २०७६

धादिङ असोज १७ । धादिङको गजुरी गाउँपालिका स्थित घाटबेसीमा रहेको गोल्डेन बीच रिसोर्टमा आज राष्ट्रिय कलाकारको प्रस्तुती रहने भएको छ ।

नेपालीहरुको महान चार्ड वडा दशैं तथा शुभ दिपावालीको पावन अवसरमा रिसोर्टकोे शुभकामना आदान प्रदान तथा वृहत साँगितिक कार्यक्रमका कलाकारहरुको प्रस्तुती रहने भएको हो ।

जेजल ईन्टरटेन्डमेन्ट मिडिया प्रा।लि ले आयोजना गरेको उक्त कार्यक्रममा लोकदोहोरी कायक सरोज लामिछाने, दोहोरी ईन्द्रेणीको टोली सहित कृष्ण कंडेल, टिका सानु, मनमाया वाईबा, हिमा रोक्का, छत्र शाही, पावल राईको सहभागिता रहने छ ।

आयोजक जेजल ईन्टरटेन्डमेन्ट मिडियाका संचालक गौतम सुवेदीका अनुसार धादिङकी गायिका कमला घिमिरे, अमृत सापकोटा लगायत कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रम ईन्द्रणीमा प्रसारण गरिने छ ।