नुवाकोट भाल्चेमा फुटबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
अशोज १४, २०७६

नुवाकोट असोज १४ । नुवाकोटको किस्पाङ गाउँपालिकाका भाल्चेमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

किस्पाङ स्थित कग्यू मोन्लम अहिंसावादी युवा क्लवले आयोजना गरेको बडा दशैं एवम् तिहार विशेष यस प्रतियोगितामा ३२ वटा टिमको सहभागिता रहेको छ ।

आज भएको उद्घाटन खेलमा आयोजक टिमका खेलाडी ल्हक्पा तामाङ र धनराज योन्जनले ११ गोल गरि समाजसेवी युवा क्लवलाई २ गोलले हराउँदैं विजयी भएका थिए ।

प्रथम पुरस्कार ५० हजार ५०० राशीको उक्त फुटबल असोज २२ गते बृहत साँस्कृतिक कार्यक्रमका साथ समापन गरिने नुवाकोटबाट सहकर्मी सेने मोक्तान तामाङले धादिङपोष्टलाई बताए ।

यस अघिको समाचार
नुवाकोट किम्पाङमा फुटबल प्रतियोगिता हुने