युवापुस्ता मुटुरोगको चपेटामा

Avatar photo
Dhadingpost
अशोज १३, २०७६

धादिङ असोज १३ ।  हाम्रो प्रण स्वस्थ मुटु भन्ने मूल नाराका साथ विश्व मुटु दिवस मनाइएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले पनि विश्व मुटु दिवस आइतबार गजुरी बजारमा प्रभात फेरी तथा अन्तरकृया गरि मनाएको छ ।

प्रभातफेरी पश्चात भएको अन्तरकृया कार्यक्रममा डा। रामहरि रेग्मीले मुटु रोगका बारेमा जानकारी गराउँदै जन्मजात र जन्मपश्चात गरी २ किसिमको मुटु रोग लाग्ने बताउनु बताएका थिए ।

स्वास्थ्य मन्त्रालय र हार्ट क्लिनिकले गरेको सर्वेक्षणमा समेत २५ प्रतिशत युवामा कुनै न कुनै किसिमको मुटुसम्बन्धी रोग रहेको पाइएको छ ।

कष्णलाल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउँ पालिकाका निमित्त प्रशासकीय अधिकृत भिमसेन विष्ट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका निमित्त सभापति नारायण तिमल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, पूर्व अध्यक्ष चन्द्रकान्त अधिकारी लगायतको आतिथ्यता रहेको थियो