धादिङमा स्क्रब टाइफसका बिरामी भटियो, सतर्क रहन आव्हान

Avatar photo
Dhadingpost
अशोज १२, २०७६

धादिङबेसी असोज १२ । धादिङमा ६६ जनालाई  स्क्रब टाइफसका बिरामी भेटिए सँगै महामारि फैलनसक्ने भन्दै सतर्कता अपनाउन आव्हान गरिएको छ ।

प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौँडाले शनिबार आयोजनामा धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश कुमार अधिकारी होसियारी नअपनाईए धादिङमा स्क्रब टाइफसले डेङ्गु भन्दा जोखिम निम्तने बताउँदै सतर्कता अपनाउन आव्हान गरेका हुन् ।

हाल नीलकण्ठ नगरपालिकाको वर्डा नं. १२ र सिद्धलेक र नेत्रावती डब्जोङ गाउँपालिकामा देखिएको बताउँदै निर्देशक अधिकारीले आतंकित हुने हैन समयमै रोग पहिचान गरी उपचार गर्नु पर्ने सुझाव दिएका थिए ।

खोप लगाऔँ, रेबिज उन्मूलन गरौँ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा रेबिजका कारण विश्वको ५० प्रतिशत मृत्यु एसिया महादेशमा हुने गरेकाले एसिया महादेश रेबिजको जोखिममा रहेको क्षेत्र बएको तथ्याङक प्रस्तुत गरिएको थियो ।

नेपाल सरकारले रेबिज विरुद्धको भ्याक्सिन निःशुल्क गरेकाले जनावरहरुले टोक्ने बितिक्कै स्वास्थ्य संस्थामा जानु पर्ने बताउदै वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सम्भू प्रसाद ज्ञवालीले ९९ प्रतिशत रेबिज रोग कुकुरबाट सर्ने गरेकाले कुकुर लगायतका जनावरको टोकाइबाट बच्नु र यदि टोकी हालेमा तत्कालै स्वास्थ्य संस्थामा जानु पर्ने बताएका थिए ।

स्क्रब टाइफस रोग
स्क्रब टाइफस (Scrub typhus) वा बुस टाइफस (bush typhus ) नामक रोग ओरेन्सिया सुसुगमुसी (Orentia tsutsugamushi) नामक परजिवीको संक्रमणले लाग्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको सुक्ष्म किराले सार्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

लक्षण
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

उपचार
यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ । डक्सी साइक्लिन (doxycicyline), एजिथ्रोमाइसिन (azithromycin), क्लारामफेनिकल (Chloramphenicol), रिफाम्पिन (Rifampin) सिप्रोफ्लोक्सिन (Ciprofloxacin) मध्य कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठिक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन (Ciprofloxacin) प्रयोग नगरि अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ ।

रोकथाम
किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो । यसको लागी घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केहि ओछ्याएर बस्ने गर्नु पर्दछ ।