काठमाडौँ असोज ११ । नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ पूर्पक्षका लागि जेल चलान भएका छन् ।
पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा थुनामा राख्ने आदेश दिए सँगै श्रेष्ट जेल चलान भएका हुन् ।
श्रेष्ठ सँगै सोही बैंकका कर्मचारी सुरेन्द्र श्रेष्ठ र किरणकुमार बोहोरालाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
