
धादिङबेसी भाद्र ३० । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले राष्ट्रिय बालदिवसको अवसरमा सडक उत्सव सम्पन्न गरेको छ ।
विविध साँस्कृतिक कार्यक्रम गर्दै एड्भान्स एकेडेमीले राष्ट्रिय बालदिवसको अवसरमा आईतबार सडक उत्सव आयोजना गरेको हो ।
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नाराका साथ भएको उत्सवमा विद्यार्थीहरुले बाल अधिकार झल्कने सडक नाटक, प्रहसन र गीत नृत्य प्रस्तुत गरेको विद्यालयका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।
धादिङबेसी स्थित एमाले चोकमा भएको उक्त सडक उत्सवमा एड्भान्सका विद्यार्थीहरुको प्रस्तुती हेर्न स्थानीय तथा यात्रुहरुको घुईचो लागेको थियो ।




