कालुपाण्डे सडकमा दुई बस ठोकियो ८ घाईते ( घाईतेको विवरण समेत)

Avatar photo
Dhadingpost
भदौ २८, २०७६

धादिङ भाद्र २८ । धादिङको कालुपाण्डे सडकमा दुई बस आपसमा ठक्कर खाँदा ८ जना घाईते भएका छन् ।

शनिबार बेलुका ४ बजे धादिङबेसीबाट काठमाण्डै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडा बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडा बस आपसमा ठक्कर खाँदा १० जना घाईते भएका हुन् ।

गाडिमा सवार ८ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल धादिङ ल्यईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईतेहरु
१) नीलकण्ठ न. पा. ४ बस्ने कल्पना श्रेष्ठ
२) नेत्राबति गा. पा. बस्ने मनिका तामाङ
३) नीलकण्ठ न. पा. ४ सिम्मले गैरी बस्ने कञ्चन श्रेष्ठ
४) गाेखा गाखु बस्ने नवीना गुरुङ
५) काठमान्डै महानगरपालीका १५ बस्ने कृतिम महजन
६) सिदलेख ६ कालिदह बस्ने करण श्रेष्ठ
७) त्रिपुरासुन्दरि गा.पा. वडा न ७ बस्नेसृष्टि खडका
८) गल्छि गा. पा. ३ बस्ने बष ४१ बस्ने बालकुमारि परियार