
धादिङ भाद्र २८ । नेत्र विक्रम चन्द (विप्लव) नेत्रृत्वको नेकपा रसुवा सेक्रेटरी चेरोङ तामाङ समाजबादी पार्टीमा प्रवेस गरका छन् ।
नेकपाको गतिविधिमा सक्रिय रहेको भन्दै रुविभ्याली गाउँपालिका वडा नं २ निवासी रसुवा सेक्रेटरी समेत रहेका चेरोङलाई प्रहरीले धादिङबेसी बीचबजारबाट साउन १७ गते पक्राउ गरेको थियो ।
गत मंगलबार मात्र प्रहरी हिरासतबाट मुक्त भएका तामाङ शनिबार एक विशेष कार्यक्रमका बीच समाजवादी पार्टी धादिङमा प्रवेस गरेका हुन् ।
चेरोङ तामाङलाई तामसालिङ राष्ट्रिय समिति मुख्य सचिवमा बीरबहादुर तामाङले खादा ओडाएर पार्टी प्रवेस गराएका थिए ।

