महिलालाई सफल उद्यमी बनाउन कार्यशाला गरियो

Avatar photo
Dhadingpost
भदौ २७, २०७६

धादिङ भाद्र २७ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटारमा महिलाहरुको लागि चार दिने कार्यशाल गरिएको छ । कार्यशालामा सहभागी महिलाहरुले सिकेको ज्ञान सीपलाई व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

डाँफे स्वावलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको साना किसान सवलिकरण कार्यक्रम अन्र्तगत डाँफे महिला सदस्यहरुको लागि ४ दिने कार्यशाला संचालन गरिएको । कार्यशालामा स्वः नेतृत्व, सकारात्मक सोचका पाईलाहरु,हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार, दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, वास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार, आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यक्रम संयोजक ईश्वरी कोईराला, सामुदायिक सहजकर्ता एकराज पण्डित, अनिशा कट्टेलले सहजिकरण गरेका थिए ।

प्रयास नेपालले सिदलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म ५९ वटा महिला समूह र समूह मिलेर बनेको उपहार महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम संचालन गर्दै महिला उद्यमशिलतालाई जोड पदँदै आएको छ ।