तेक्वान्दो खेलाडी अमृत तमाङ रसिया प्रस्थान

Avatar photo
Dhadingpost
भदौ २६, २०७६

धादिङ भाद्र २६ । धादिङका तेक्वान्दो खेलाडी अमृत तामाङ (उर्गेन) 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया प्रस्थान गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कोषध्यक्ष एवम् राष्ट्रिय तेक्वान्दो संघ धादिङको अध्यक्ष समेत रहेका अमृत तामाङ भाद्र २७ देखि ३१ सम्म रसियामा हुने 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया प्रस्थान गरेका हुन् ।

धादिङपोष्ट डटकमका खेलकुद पत्रकार समेत रहेका तामाङ तेक्वान्दो खेलको राष्ट्रिय 1St class रेफ्री हुन् । ०५४ सालबाट तेक्वान्दो खेलको सुरुवात गरेका उनलले ०५९ सालमा ब्लाक बेल्ट लिए भने अहिले तेक्वान्दो प्रशिक्षकको रुपमा धादिङबेसीमा काम गर्दै आई रहेका छन् ।

नेपाली सेना र अन्यलाई गरि १२० जना भन्दा बढीलाई ब्लाक बेल्ट दिलाई सकेका तामाङले धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा तेक्वान्दो प्रशिक्षकको भुमिका निभाई रहेका छन् ।

तेक्वान्दोका 4Th Dan अमृत तामाङ नेपालबाट ५ जना सहभागि हुने उक्त festival रसियाको Ulyanovsk(ULV) शहरमा हुने छ ।