खोलाले बगाएको ५ दिन पछि शव फेला

Avatar photo
Dhadingpost
भदौ २४, २०७६

धादिङ भाद्र २४ । धादिङको थाक्रे गाउपालिका वडा नं. ७ महेशखोलामा भेटिएको वेवारिसे शव ५६ का रामहरी खड्काको भएको प्रहरीले जनाएको छ ।

भाद्र १९ गते पानी संगै आएको पहिरोल बगाउदा उनी वेपत्ता भएका खड्काको शव वेवारिसे अवस्थामा सोमबार १७ किलोमिटर तल जुंगेखोलामा भेटिएको थियो ।

महेशखोलाले बगाएर पाखा ल्याएको अवस्थामा स्थायिले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।