
धादिङ भाद्र २३ । नेपाल राष्ट्रिय अभिभावक महासङ धादिङको अधिवेशन कात्तिक १६ गते हुने भएको छ । शुक्रबार धादिङबेसीमा संघको जिल्ला सम्मेलन आयोजक समितिको संयोजक अधिवेशनका लागि विभिन्न समितिहरु बनाएको छ ।
जसमा प्रचार प्रसार समितिको संयोजक धुनिबेशीका रमेश प्रसाद आचार्य र सदस्यहरुमा निलकन्ठकी सबिता अर्याल र निलकन्ठका शिवराज सापकोटा रहेका छन् ।
आर्थिक समितिको संयोजकमा नलाङका शालिकराम अर्याल र सदस्यमा गल्छीका रामशरण सेन्चुरी, बेनिघाट रोराङ्का खेमराज भुजेल, निलकन्ठकी पार्वती श्रेष्ठ र निलकन्ठका बेग बहादुर सुनार तथा अथिती सत्कार तथा मंच व्यबस्थापन समितीको सम्योजक गजुरीकी चेलिमाया तमाङ् र सदस्यहरुमा सिद्धलेकका बद्री प्रसाद सिल्वाल र गल्छीका रामकृष्ण वाग्ले रहेको समिती गठन गरेको छ ।
त्यस्तै सदस्यता बिस्तार तथा बितरण का लागि जिल्ला सम्मेलन आयोजक समितिको सदस्यहरुले आ आफ्नो पालिकामा सदस्य बितरण गर्ने र सबै पालिकामा सदस्य विस्तार तथा पालिका स्तरीय समिती गठन गर्ने निर्णय गरिएको छ ।
यस्तै बेग बहादुर सुनारलाई कार्यालय सचिबको जिम्मेवारी दिइएको छ । त्यसैगरी बेग बहादुर सुनारलाई कार्यालय सचिबको जिम्मेवारी दिइएको छ ।
