
धादिङ भाद्र २२ । धादिङको धुनिबेसी नगरपालिका स्थित धार्केमा यात्रुवहाक बस र ग्यास बोकेटो ट्रक ठोकिँदा १८ जना घाईते भएका छन् ।
काठमाडौबाट महदेवेसी तर्फ जाँदै गरेको ग्यास बोकेको ना १ क २१७४ नम्बरको ट्रक र काठमाडौ जादै गरेको ना ६ ख १७३७ नम्बरको मकालु बस ठोकिदा १८ जना घाईते भएको खानीखोला प्रहरीले जनाएको छ ।
बस र ट्रकमा सवार घाईते १८ जनाको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
(तस्वीर राजाराम डंगोल)

