काजी श्रेष्ठद्वारा नेकपा धादिङले दिएको जिम्मेवारी अस्वीकार

Avatar photo
Dhadingpost
भदौ २१, २०७६

धादिङ भाद्र २१ । पुर्व एमालेको युवा संगठन, युवा संघ धादिङका सचिव काजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले नगरकमिटी सदस्यको जिम्मेवारी दिए सँगै उक्त जिम्मेवारी नलिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले नीलकण्ठ नगर कमिटीलाई पठाएको नगर सदस्यहरुको नामावली समेत सार्वजनिक गर्दै श्रेष्ठले आफ्ने फेसबुक मार्फत उक्त जिम्मेवारी नलिने बताएका छन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्-
यो कमिटीमा मेरो पनि नाम आयको रहेछ, मेरो चाहना भन्दा पनि कसैलाई के मन लगेर रखेको होला म यो जिम्मेवारी लिन र काम गर्न नसक्ने र यो पद स्वकार नगर्ने कुरा सबैलाई जानकारी गर्दछु ।

श्रेष्ठद्वारा सार्वजनिक गरिएको नेकपा नीलकण्ठ नगरपालिका सदस्यहरुको नाम लिष्ट