गाउँपालिका अध्यक्षले उपाध्यक्ष सहित ५ जना विरुद्ध मुद्धा हाले

Avatar photo
Dhadingpost
भदौ १७, २०७६

काठमाडौ भाद्र १७ । दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षले उपाध्यक्षसहित ५ जनालाई कार्बाहीका लागि किटानी जाहेरी दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा ३२ बमोजिम उपाध्यक्ष दीपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता सञ्जीव कार्की, लोप्सन भनने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैंद र ७० हजार जरिवाना माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा आइतबार जाहेरी दिएका हुन्। यो खवर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

खड्काले प्रतिवादी बनाएका मध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ मा प्रहरीले काठमाडौं सामाखुशीबाट नियन्त्रणमा लिएको थियो ।