गाउँपालिका स्तरीय तीज गीत नृत्य प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

धादिङ भाद्र १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका भित्र रहेका अन्तर माध्यामिक विध्यालय स्तरीय तीज गीत प्रतियोगितामा चन्द्रोदय माध्यामिक विद्यालय विशालटार प्रथम भएको छ ।

गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा चन्द्रोदय माध्यामिक विद्यालय प्रथम भएको हो ।

शनिबार चन्द्रोदय बाल क्लवद्वारा सम्पन्न उक्त प्रतियोगितामा चन्द्रोदय माध्यामिक विद्यालय बेनिघाट द्वितिय, ब्राईटफ्युचर अंग्रेजी स्कुल तृतिय र राइजिङ स्टार चरौदी सान्तोना भएका थिए ।

गाउँपालिका भित्र ११ वटा माध्यामिक विद्यालय भएतापनि ८ वटाले भाग लिएको उक्त प्रतियोगितामा विजयीहरुलाई क्रमस ५ हजार, ३हजार, २ हजार र १ हजार सहित प्रमाण पत्रले पुुरस्कृत गरिएको शिक्षक मिश्र शाक्याले धादिङपोष्टलाई जानकारी दिए ।

प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै गाउँपालिका प्रमुख डल्लाकोटीले हरेक चाड पर्वले साँस्कृतिक पक्ष बोकेको हुन्छ । त्यो मध्य महिलाहरुको तीज पर्वलाई बचाई राख्नु पर्ने बताएका थिए । तीज पर्व मनाउँदै गर्दा यस भित्रको कहाली लाग्दो, अविश्वासिलो कुसस्कालाई त्याग्न समेत आग्रह गरेका छन् ।

(धादिङपोष्टका लागि तस्वीर सौजन्य रामहरि कडेल)